प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने महेन्द्र सिंह धोनीको चाहनालाई भारतीय सेनाका जनरल बिपिन रावतले हरियो झण्डा देखाएका छन्।
अब उनले प्यारासुट रेजिमेन्टसँग तालिम लिनेछन्। यस तालिमका क्रममा धोनीले केहि समय जम्मू कश्मिरामा बिताउने आशा गरिएको छ। यसक्रममा धोनी सेनाको कुनै अपरेशनको हिस्सा भने हुनेछैनन्।
धोनी प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल हुन्। उनले आगामी २ महिना आफ्नो रेजिमेन्टसँग बिताउने इच्छा व्यक्त गरेका थिए। उनको सोही इच्छालाई सेनाले अनुमती दिएको हो।
धोनीले आइतबार आफ्नो यो इच्छा चयन समितिलाई बताएका थिए। उनले सो क्रममा आफूले सन्यास नलिने पनि बताएका थिए।
धोनी इण्डिज जाने टोलीमा नभएपछि भारतीय क्रिकेट बोर्डले ऋषभ पन्तलाई तीनै प्रकारको क्रिकेटमा विकेटकिपरको भूमिका दिएको छ।
अब पन्तले टेस्ट, वान डे र टि-२० गरि तिनै शैलीका क्रिकेटमा विकेटकिपर बन्न पाउनेछन्। बोर्डले उनलाई तीन प्रकारकै शैलीमा विकेटकिपर राखेपनि टेस्टमा भने ऋद्धिमान साहाले विकेटकिपिङ बन्नेछन्।