अगस्ट १ बाट इङ्ल्याण्ड र अस्ट्रेलियाबीच विश्वको सबै भन्दा पुरानो टेस्ट सिरिज एसेज सिरिज सुरू हुँदैछ।
यस सिरिजबाट आईसिसीको नयाँ नियम लागु भएको हेर्न सकिने सम्भावना रहेको छ। यो नियम टाउकोमा चोट लागेको त्यो खेलाडीको विकल्पलाई अनुमति दिन लागि प्रयोगमा ल्याइन लागिएको हो।
क्रिक इन्फोका अनुसार आईसिसीको जारी वार्षिक वैठकमा यस नियमलाई लिएर चर्चा चलिरहेको छ। यो नियमलाई मंजुरी मिल्ने आशा गरिएको छ। यसबाट खेलाडीको सुरक्षामा थप सावधानी अपनाउन सकिनेछ।
यो नियमको चर्चा अस्ट्रेलियाका ब्याटसम्यान फिलिप ह्यूजको टाउकोमा चोट लागेपछि भएको मृत्युयता चल्दै आइरहेको छ। सन् २०१४ मा लिस्ट-ए अन्तरगत भएको खेलमा ह्यूजलाई बाउन्सर लागेको थियो। त्यो चोट लागेको केहि दिनपछि उनको निधन भएको थियो।
यस घटनापछि अस्ट्रेलियाले आफ्नो घरेलु क्रिकेटका सबै संस्करणमा यो नियम लगाउँदै आएको छ। यो नियम अस्ट्रेलियाको शेफिल्ड शिल्डमा भने लागु गरिएको थिएन। सन् २०१७ को अक्टुबरमा आईसिसीले पनि घरेलु क्रिकेटमा २ दिन यसको परिक्षण गरेको थियो।
यस नियम अन्तरगत डक्टरले सिफारिस गरेको खण्डमा वा कुनै खेलाडी खेल्नै नसक्ने स्थितिमा पुगेमा उसले मैदान छोड्न सक्ने व्यवस्था हुनेछ।
यस नियमको परिक्षणका लागि यस विश्वकपमा पनि प्रत्येक टोलीले एक मेडिकल प्रतिनिधि राख्नुका अलावा र स्वतन्त्र चिकित्सकलाई सोको जाँचका लागि नियूक्त गरिएको थियो।
यस विश्वकपमा सेमिफाइनल खेलमा अस्ट्रेलियाका एलेक्स कैरी टाउकोमा चोट लागेर घाइते भएका थिए। उनले यस क्रममा मैदान नछाडी टाउकोमा पटठी बाँधेर ब्याटिङ गरेका थिए।