आइतबार भएको विश्वकप क्रिकेट २०१९ को फाइनल खेलमा इङ्गल्यान्डले जित्नुमा बेन स्टोक्सले मुख्य भूमिका खेलेका थिए। तर अरूले जितको खुसीयाली मनाइरहँदा उनले त्यो खुसी भने पाउन सकेका छैनन्।
उनले फाइनल खेलमा नटआउट भई ८४ रन बनाएका थिए। उनले ५ चौका र २ छक्का प्रहार हानेका थिए।
न्युजिल्याण्ड दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले पनि त्यति नै रन बनायो। त्यसपछि भएको सुपर ओभरमा पनि दुबै टिमले बराबर १५ रन बनाएपछि बढी बाउन्ड्री हानेकाले इंग्ल्याण्ड विजयी भयो।
विश्वकपको ४४ वर्षीय इतिहासमा इंग्ल्याण्डलाई पहिलो पटक विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका स्टोक्सका बुवाले भने अहिले गाली खाइरहेका छन्।
बुवाले गाली खानुको कारण बेन स्टोक्सको जन्म न्युजिल्याण्डको क्रयाइस्ट चर्चमा हुनु हो।
स्टोक्सको बुबा गेरोर्ड स्टोक्स न्युजिल्याण्डको राष्ट्रिय रग्बी टिमबाट खेलिसकेका थिए।
स्टोक्स १३ वर्ष हुँदा उनी परिवारसहित इंग्ल्याण्ड बसाइ सरेका थिए।
आइतबार बेन स्टोक्स इंग्ल्याण्डका लागि खेलिरहँदा उनका बुबा गेरोर्ड भने न्युजिल्याण्डले जितोस् भन्दै कामना गरिरहेका थिए। खेलका दौरान कमेन्टेटरले बारम्बार गेरोर्डको प्रसंग दोहोर्याएका थिए।
गेरोर्ड स्टोक्स इंग्ल्याण्डमा केही साल बसेर आफ्नै स्वदेश फर्केका थिए र आइतबार फाइनल खेल क्राइस्ट चर्चको घरबाट बसेर हेर्दै थिए।
बिबिसीले न्युजिल्याण्डको एक अनलाइन पत्रिका स्टाफलाई उद्धृत गर्दै, बेन स्टोक्सले राम्रो खेल खेल्नुमा गर्व रहेको तर न्युजिल्याण्ड कालो टोपीका लागि निराश भएको उल्लेख गरिएको छ।