आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत इंग्ल्यान्डविरुद्धको उपाधि भिडन्तमा न्युजिल्यान्डले सुरुवाती ३ विकेट गुमाएको छ।
न्युजिल्यान्डका ओपनर मार्टिन गुपटिललाई १९ रनमा आउट भए। सातौं ओभरमा गुपटिल आउट भएपछि मैदान छिरेका कप्तान केन विलियमसन पनि आउट हुँदा न्युजिल्यान्ड दबाबमा परेको छ।
विलियमसन ३० रनमा आउट भए। २३ ओभरमा विलियमसन आउट भएपछि हेरनी निकोल्ससँग ७२ रन साझेदारी तोडिएको थियो। निकोल्स पनि ५५ रनमा आउट भए। उनले ७७ बलमा ४ चौका हिर्काए।
बलिङमा इंग्ल्यान्डका लियाम प्लङ्केट २ विकेट र क्रिस ओएक्सले १ विकेट लिएका छन्।
अहिले रोश टेलर र टम लाथम ब्याटिङ गरिरहेका छन्।
लन्डनस्थित लर्डस् मैदानम टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २७ ओभरको समाप्तीमा ११८ रन जोडेको छ।