सेमिफाइनलमा न्युजिल्याण्डसँग पराजित भएपछि भारतका पूर्व टेस्ट ब्याटसम्यान वासिम जफरले विराट कोहलीको सट्टा रोहित शर्मालाई एकदिवसीय र टि-२० क्रिकेटको कप्तान बनाउनुपर्ने बताएका छन्।
शनिबार ट्वीट गर्दै जफरले सो कुरा बताएका हुन्।
'यो सहि समय हो, रोहित शर्मालाई वान डे तथा टि-२० टोलीको कप्तानी सुम्पनुपर्छ। म चाहन्छु, सन् २०२३ विश्वकपमा उनले भारतको कप्तानी गरून्', ट्वीटमा उनले लेखेका छन्।
यस विश्वकपमा सेमिपाइनलमा भारत न्युजिल्याण्डसँग १८ रनले पराजित भएको थियो।
विराटको कप्तानीमा भारत पराजित भएसँगै सामाजिक संजालहरूमा विराटको सट्टा रोहितलाई भारतीय टोलीको नयाँ कप्तान बनाइनुपर्ने मागहरू उठेका छन्।