अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले एक विश्वकपमा बढी विकेट लिँदै विश्व रेकर्ड बनाएका छन्।
स्टार्कले आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत बिहीबार इंग्ल्यान्डविरुद्ध १ विकेट लिएपछि विश्व रेकर्ड बनेको हो।
जससँगै उनले जारी विश्वकपमा २७ विकेट लिन सफल भए। स्टार्कले विश्व रेकर्ड बनाएको खेलमा अस्ट्रेलिया पराजित हुँदा सेमिफाइनलबाट घर फर्कन बाध्य भयो।
यसअघि एक विश्वकपमा बढी विकेट लिने रेकर्ड अस्ट्रेलियाकै ग्लेन म्याग्राको नाममा थियो। उनले सन् २००७ मा वेस्ट इन्डिजमा भएको विश्वकपमा २६ विकेट लिएका थिए।
स्टार्कले दक्षिण अफ्रिकाविरुद्धको अघिल्लो खेलमा २ विकेट लिएर म्याग्राको रेकर्डसँग बराबरी गरेका थिए।
स्टार्कले विश्वकप २०१९ मा लिएका विकेट
इंग्ल्यान्डविरुद्ध - १/७०
दक्षिण अफ्रिकाविरुद्ध - २/५९
न्युजिल्यान्ड विरुद्ध - ५/२६
इंग्ल्यान्डविरुद्ध - ४/४३
बंगलादेशविरुद्ध - २/५५
श्रीलंकाविरुद्ध - ४/५५
पाकिस्तानविरुद्ध - २/४३
भारतविरुद्ध - १/७४
वेस्ट इन्डिजविरुद्ध - ५/४६
अफगानिस्तानविरुद्ध - १/३१