इङ्ल्याण्डमा जारी क्रिकेट विश्वकपमा आइतबार पाकिस्तान विजयी भएको छ।
पाकिस्तानले दक्षिण अफ्रिकामाथि ४९ रनको जित हासिल गरेको हो।
सो खेलमा पहिले ब्याटिङ गर्दे पाकिस्तानले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा ३०८ रन बनाएको थियो।
त्यसपछि ३०९ रनको जवाफी लक्ष्य पछ्याउन आएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २५९ रनमा नै समेटिएपछि खेल पाकिस्तानले जित्यो।
हारसँगै दक्षिण अफ्रिकाको विश्वकप यात्रा लिग चरणमै सकिएको छ।
दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डुप्लेसिसले ६३ रन, क्वान्टन डि ककले ४७, फेहलुकवायोले अविजित ४५ तथा डुसेनले ३६ रनको योगदान दिए।
यसक्रममा पाकिस्तानका लागि वहाब रियाज र शादाब खानले समान ३-३ विकेट लिदां मोहम्मद आमिरले २ तथा शाहीन अफरिदीले १ विकेट लिए।
त्यसअघि लन्डनस्थित लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेटको क्षतिमा ३०८ रन जोडेको थियो।
पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान हरिस सोहिलले सबैभन्दा बढी ८९ रनको योगदान दिए।
उनले ५९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। बाबर अजामले ६९ रन जोडे। उनले ८० बलमा ७ चौका हिर्काए। ओपनरद्वय इमाम उल हक र फकर जमानले ४४–४४ रन बटुले।
मोहमद हफिज २० रनमा आउट हुँदा इमाद वासिमले २३ रन जोडे।
बलिङमा दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट लिए। एइडिन माक्रमले २ विकेट हात पारे।