आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकालाई ३०९ रनको लक्ष्य दिएको छ।
लन्डनस्थित लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेटको क्षतिमा ३०८ रन जोड्यो।
पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान हरिस सोहिलले सबैभन्दा बढी ८९ रनको योगदान दिए। उनले ५९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। बाबर अजामले ६९ रन जोडे। उनले ८० बलमा ७ चौका हिर्काए। ओपनरद्वय इमाम उल हक र फकर जमानले ४४–४४ रन बटुले।
मोहमद हफिज २० रनमा आउट हुँदा इमाद वासिमले २३ रन जोडे।
बलिङमा दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट लिए। एइडिन माक्रमले २ विकेट हात पारे।
अन्तिम चारको सम्भावना बनाउन पाकिस्तानलाई खेल जित्नै पर्ने बाध्यता छ।