भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आइसिसीले २५ प्रतिशत ‘म्याच फि’ जरिवाना गरेको छ।
आइसिसी क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तान विरुद्ध शनिबार भएको खेलमा आइसिसी आचार संहिताको लेवल–१ नियम उल्लघंन गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो।
अफगानिस्तानले ब्याटिङ गरिरहदा कोहलीले अम्पायर अलिम दारप्रति अभद्र व्यवहार प्रस्तुत गरेका थिए। जसप्रित बुमराहको बलमा एलबिडब्लूको अपील गर्दा अम्पायरले आउट नदिएपछि कोहली आक्रामक बनेका थिए। त्यतिबेला भारतको रिभ्यू पनि सकिएको अवस्था थियो।
कोहलीले आइसिसीको निर्णय स्वीकार गरेका छन्।
कोहलीलाई १ अंक डिमेरिट समेत दिइएको छ। योसँगै कोहलीको २ डिमेरिट अंक भएको छ। यसअघि जनवारी २०१८ मा उनले दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा पनि डिमेरिट अंक पाएका थिए।
कुनै खेलाडीलाई २४ महिनाको अन्तरमा ४ वा त्यो भन्दा बढी डिमेरिट अंक दिइएको अवस्थामा ती खेलाडीलाई एक खेल प्रतिबन्ध लगाउने नियम छ।