भारतीय क्रिकेटर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन्।
सोमबार मुम्बईमा पत्रकार सम्मेलन गर्दै युवराजले तत्काल लागु हुने गरी सन्यास घोषणा गरेका हुन्।
सन् २००० भारतीय राष्ट्रिय टोलीबाट डेब्यु गरेका युवराजले २०११ मा भारतले विश्वकप जित्दा महत्वपूर्ण भूमिका खेलेका थिए।
भारतका लागि ६० टेस्ट खेलेका युवराजले १९ सय रन हानेका छन्। त्यसमध्ये तीन सतक र ११ वटा अर्धसतक छन्।
३ सय ४ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका युवराजले ८ हजार ७ सय एक रन बनाएका छन्। वान डे इन्टरनेशनलमा उनले १४ सतक र ५२ अर्धसतक हानेका छन्।
२००७ को टी-ट्वान्टी विश्वकपमा उनले इंग्ल्यान्डविरूद्ध १२ बलमा ५० रन हानेका थिए। १२ बलमा अर्धसतक हान्ने उनी पहिलो ब्याट्सम्यान हुन्।
बलिङतर्फ उनले १११ विकेट लिएका छन्।
२०११ को विश्वकपमा उनी म्यान अफ द टुर्नामेन्ट बनेका थिए।
त्यसपछि उनलाई क्यान्सर भएको थियो। क्यान्सरको उपचारपछि भने उनी पहिलाजस्तो फर्म आउन सकेनन्।