अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसिसी)ले भारतीय क्रिकेट बोर्डलाई उसको विकेटकिपर महेन्द्र सिंह धोनीको पञ्जामा रहेको भारतीय सेनाको चिन्ह हटाउन अपिल गरेको छ।
जारी विश्वकप क्रिकेटबाट दक्षिण अफ्रिका विरूद्धको म्याचमा धोनीले आफ्नो पञ्जामा भारतीय प्यारा फोर्सको चिन्ह प्रयोग गरेको देखिएको थियो। आईसिसीले बिसिसीआईलाई धोनीको पञ्जाबाट सो चिन्ह हटाउन भनेको छ।
'हामीले बिसिसीआईलाई सो चिन्ह हटाउन अपिल गरेका छौं', आईसिसीका महाप्रबंधक क्लेयर फरलोगले भने।
त्यस्तै पहिलो पटक भएका धोनीमाथि कुनै पनि किसिमको जरिवाना नलगाइने पनि उनले बताए।
धोनीको पञ्जामा 'बलिदान ब्रिगेड'को चिन्ह छ। यो चिन्ह प्रयोग गर्ने अधिकार प्यारामिलेट्रिका कमाण्डोलाई मात्र छ। धोनीलाई सन् २०११ मा प्यारासुट रेजिमेन्टको मानार्थ लेफ्टिनेन्ट कर्णेलको उपाधि दिइएको छ। उनले सन् २०१५ मा प्यारा ब्रिगेडको तालिमसमेत लिएका थिए।
आईसिसीले हटाउन भएपनि सामाजिक संजालमा भारतीयहरूले भने उनको प्रशंसा गरेका छन्।
यसका लागि प्रशंसकहरूबाट तारिफ पाएपनि आइसिसीको नियम अनुसार आईसिसीको कपडा तथा अन्य वस्तुमा अन्तराष्ट्रिय म्याचका दौरान राजनीति, धर्म वा नश्लभेदी जस्ता कुरालाई संकेत गर्ने कुराको प्रयोग गर्न पाइदैन।