क्रिस वोक्सले आईसिसी विश्वकप क्रिकेटमा सोमबार पाकिस्तानको विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमान कायम गरेका छन्। उनले यस म्याचमा ३ विकेट लिए। ३ विकेटसँगै उनले ४ क्याच समेत गरे।
यस प्रदर्शनले उनलाई जारी विश्वकपमा एक म्याचमा चार क्याच लिने पहिलो खेलाडी बनाएको छ।
३० वर्षिय क्रिसको यो दोश्रो विश्वकप हो। पछिल्लो विश्वकपमा ५ खेल खेलेका थिए जसमा उनले एउटामात्र क्याच लिएका थिए। उनले पाकिस्तानविरूद्धको खेलमा इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज तथा सरफराज अहमदको क्याच लिएका हुन्। यसक्रममा उनले सरफराजको क्याच आफ्नै बलमा लिए।
यो प्रदर्शनले उनलाई ४४ वर्षको विश्वकप क्रिकेट इतिहासमा एउटै म्याचमा विकेटसँगै ४ क्याच लिने खेलाडी बनाएको छ। यस म्याचमा उनले सरफराजसँगै शोएब मलिक तथा वहाब रियाजको विकेट लिए।
विश्वकप इतिहासमा उनी ४ क्याच लिने चौथो खेलाडी हुन्। यस्तो गर्ने पहिलो खेलाडी भने भारतका मोहम्मद कैफ हुन्। उनले सन् २००३ को विश्वकप क्रिकेटमा श्रीलंकाको ४ क्याच लिएका थिए। त्यसपछि सन् २०१५ को विश्वकपमा बंगलादेशका सौम्य सरकार र पाकिस्तानका उमर अकमल पनि समान ४-४ क्याच लिएका छन्। सौम्यले स्कटल्याण्डको तथा अकमलले आयरल्याण्डको क्याच लिएका थिए।
यसैगरी विश्वकपमा समग्ररूपमा सर्वाधिक क्याच लिने खेलाडीको सूचिमा अस्ट्रेलियाका रिक्की पोन्टिङ रहेका छन्। उनले ४६ म्याचबाट २८ क्याच आफ्नो नाममा राखेका छन्। यसैगरी दोश्रोमा भने श्रीलंकाका सनथ जयसूर्या रहेका छन्। उनले ३८ खेल खेल्दै १८ क्याच लिएका छन्।
त्यस्तै विश्वकपमा सर्वाधिक क्याच लिने खेलाडीको कीर्तिमान भने अनिल कुम्बलेको नाममा छ। उनले १८ खेलबाट १४ क्याच लिएका छन्।