सोमबार पाकिस्तान र इङ्ल्याण्डले जारी विश्वकप क्रिकेटमा एकअर्काको सामना गर्दैछन्। पछिल्ला ११ म्याचमा पराजित रहँदै आएको पाकिस्तान आजको खेलबाट सो सिलसिला टुङ्ग्याउने लक्ष्यका साथ उत्रनेछ भने इङ्ल्याण्ड घरेलु मैदानमा लगातार दोश्रो जित हासिल गर्ने कोशिसमा हुनेछ।
दुबै टोली बिचको खेलम ट्रेन्ट ब्रिजमा नेपाली समय अनुसार आज ३:१५ मा हुँदैछ।
यी दुबै टोली अघिल्लो महिना आउन्ने सामुन्ने भएका थिए। ५ खेलको एक दिवसीय सिरिज पाकिस्तानले ५-० ले गुमाएको थियो। पछिल्लो समय खराब फममा रहेको पाकिस्तानका लागि आजको खेलमा इङ्ल्याण्डमाथि जित हासिल गर्नु सहज हुनेछैन। पछिल्लो ४६ वर्षमा सबैभन्दा खराब अवस्थामा रहेको पाकिस्तान आफ्नो पहिलो खेलमा वेस्ट इण्डिजसँग ७ विकेटले पराजित भइसकेको छ। त्यसैले पनि उ दबाबमा छ।
पछिल्ला खेलहरूमा पाकिस्तानको कमजोरी ब्याटिङमा देखिएको छ। आजको खेलमा उसले यसलाई सुधार्दै बलिङलाई आफू अनुकुल प्रदर्शन गर्नुपर्नेछ।
पाकिस्तानको ठीक विपरित इङ्ल्याण्ड भने पछिल्लो समय उत्कृष्ट लयमा छ। उनीहरूको बलिङ ब्याटिङ दुबै सन्तुलनमा छ। मार्क वुड, जोफ्रा आर्चर र लियाम प्लेंकटले पाकिस्तानी ब्याट्स्म्यानलाई राम्रै दबाब दिनेछन्।
उता पछिल्लो खेलमा पाकिस्तानका बलरहरू पनि खासै कमाल देखाउन सकेको छैन। मोहम्मद आमिरबाहेकका बलर सो खेलमा विकेट लिन असमर्थ रहेका थिए।
त्यसैगरी बलिङसँगै ब्याटिङमा पनि इङ्ल्याण्डको अवस्था मजबुत छ। बेन स्टोक्स, कप्तान इयोन मोर्गन, जोए रूट तथा जेशन रोयजसता खेलाडी शानदार पारी खेल्न सक्षम छन्। उनीहरूको लय पछिल्लो समय राम्रो चलिरहेको छ।
इंग्ल्यान्ड टिम
इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन।
पाकिस्तानी टिम
सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अलि, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अलि, वाहव रियाज, साहिन शा अफ्रिदि।