वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले भारतीय ब्याट्सम्यान के एल राहुल वर्तमान समयका उत्कृष्ट ओप्नर भएको बताएका छन्। गेलले यस्तो बताएपनि भारतीय टोलीले भने उनलाई आगामी विश्वकपमा तेश्रो नम्बरमा ब्याटिङ गराउँदैछ।
राहुल आजसम्म आफूले ओपनिङ् ब्याटिङ गरेका ब्याट्सम्यानहरूमा सर्वश्रेष्ठ रहेको गेलको भनाइ छ। राहुलले किङ्स इलेभेनको अन्तिम आईपिएल म्याचमा चेन्नई सुपर किङ्स विरूद्ध ७१ रनको पारी खेलेका थिए। यस म्याचमा चेन्नई पराजित भएको थियो।
‘मैले आजसम्म जति पनि ओप्नरहरूसँग ब्याटिङ गरें, त्यसमा तपाईं सर्वश्रेष्ठ हो। विकेटमा हाम्रो तालमेल शानदार रह्यो’, म्याचपछि गेलले भने।
‘उहाँले मलाई रोयल च्यालेनजर्स बेङ्लोरदेखि हेर्दै आइरहनुभएको छ। त्यतिखेर म २१ वर्षको थिएँ। मैले ओप्नरका रूपमा उहाँबाट धेरै सिकेको छु। त्यो बेलादेखि अहिलेसम्म उहाँले मेरा बारेमा फरक कुरा भन्नु भएको छैन। मैले धेरै सिकेको छु र हामीले सँगै खेल्न पाउँदाको मजा उठाएका छौं’, जवाफमा के एल राहुलले भने।
राहुलले यस सिजनमा १४ खेल खेल्दै ५९३ रन बनाएका छन्। उनी आफ्नो टोलीका सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन। दोश्रोमा गेल रहेका छन्। उनले १३ म्याचबाट ४९० रन बनाएका छन्।