१२औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपिएल)मा शीर्ष स्थानको चेन्नेई सुपर किंग्स पुछारको टोली किंग्स इलाभेन पञ्जाबसँग हारे पनि शीर्ष २ भित्र रहँदै क्वालिफायरमा प्रवेश गरेको छ।
आईतबार भएको खेलमा पञ्जावले चेन्नेईलाई ६ विकेटले हराए पनि राम्रो रनरेटका कारण शीर्ष दुई भित्र पर्ने निश्चित हुँदै क्वालिफायरमा प्रवेश गरेको हो।
चेन्नईले दिएको १ सय ७१ रनको लक्ष्य पञ्जाबले १२ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो।
पञ्जावको सहज जितमा ओपनर केएल राहुलले ७१ रनको अर्धसतकीय पारी खेले। निकोलाश पुरानले ३६ रन बनाउँदा क्रिस गेलले २८ रन जोडे।
यसअघि पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो।
चेन्नईलाई बलियो योगफलसम्म पुर्याउन ओपनर फाफ डु प्लेसिसले सानदार ब्याटिङ गरे। शतक बनाउन ४ रनले चुकेका उनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे।
डु प्लेसिसले दोस्रो विकेटका लागि सुरेश रैनासँग १ सय २० रनको साझेदारी गरेका थिए। रैनाले ५३ रन बनाउने क्रममा ३८ बलमा ५ चौका र २ छक्का हिर्काए।
ओपनर शेन वानटशन ७ रनमै बोल्ड हुँदा कप्तान महेन्द्र सिंह धोनी १० रनमा अविजित रहे।
पन्जावका साम कुनरले ३ र मोहम्मद सामीले २ विकेट लिए।
यो जितका बाबजुत पनि पन्जाव प्रतियोगिताबाट बाहिरिएको छ।