भारतमा जारी इण्डियन प्रीमियर लीग (आईपीएल) मा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंलोरले अन्तिम खेलमा फ्यानको मन जितेर १२ औं संस्करण टुंग्याएको छ।
यसअघिनै प्लेअफ दौडबाट बाहिरिएको बैंलोरले कुल १४ खेलमा ५ जित र ९ हारसहित प्रतियोगिता टुंग्याएको छ।
आफ्नो अन्तिम खेलमा शनिबार हैदरावादले दिएको कडा चुनौती अन्तिम ओभरमा ४ बल बाँकी छँदै ६ विकेट गुमाएर रोमाञ्चक जीत हासिलगर्यो।
खेलमा खराब शुरूआतका बाबजुत बैंग्लोरले हैदारावादलाई हराउन सफल भयो।
एक समय हैदराबादलाई १५० रन पुर्याउन पनि मुश्किल थियो। तर कप्तान केन विलियम्सनले उत्कृष्ट ७० रनको अर्धसतकीय इनिङ्स खेलेपछि र अन्तिम ओभरमा २८ रन जोडेसँगै बैंग्लोरलाई १७६ रनको लक्ष्य दियो।
जवाफमा खराब सुरूवात गरेको बैंग्लोरका भरपर्दा ब्याट्मेनहरू सस्तैमा आएट भए। कप्तान विराट कोहली, एबी डिभिलियर्स र पार्थिव पटेल टिमको स्कोर २० रन पुग्दैमा आउट भए।
पार्थिव पटेल शून्य, कप्तान विराट कोहली १६ र एबी डि विलियर्स १ रन बनाएर आएट भए। तर मध्यक्रमका शिमरोन हिटमायरले गुरकीरत सिंहसँग कीर्तिमानी साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए।
खेल मैदानमा उपस्थित एक युवतीले बैंलोर टिमलाई गरेको सपोर्टले यतिबेला सामाजिक सञ्जाल रंगिएको छ।
खेल दौरान ती युवतीले आफ्नो भरपुर जोश र जाँगरले बैंलोरलाई सपोर्ट गरिरहेकी थिइन्। कहिले बैंग्लोरका झण्डा फहराएकी थिइन् तर कहिले डान्स गरेर टोलीको हौसला बढाएकी थिइन्।
उक्त युवतीको खुसी मनाउने र सपोर्ट गर्ने तरिका सामाजिक सञ्जालभरी छाएको छ।