३० मे बाट सुरू हुने क्रिकेट विश्वकपमा भारतीय टोलीका लागि पूर्व कप्तानमहेन्द्र सिंह धोनीको भूमिका महत्वपूर्ण हुने भारतका पूर्व क्रिकेट कप्तान सुनिल गावास्करले बताएका छन्।
धोनीले यस विश्वकपमा भारतका लागि ठूलो रनस्कोर बनाउन महत्वपूर्ण भूमिका खेल्ने भनाइ राखेका हुन्।
‘हामीसँग शीर्षक्रममा उत्कृष्ट ३ ब्याट्सम्यान छ। यदि उनीहरू चल्न सकेनन भने धोनीले चौथो वा पाँचौ स्थानमा ठूलो फरक पार्नेछन्’, सुनिलले भने।
‘हामीले धोनीको विकेटकिपिङको क्षमता देखिसकेका छौ। यसको अलावा विकेटको ठिक पछाडीबाट स्पिनर तथा अन्य बलरहरूलाई बल कहाँ फ्याँक्ने र सो अनुसार फिल्डिङ कसरी गर्ने बताउनेछन्’, उनले भने, ‘विराटलाई डिपमा वा लङ अनमा अफबाट हेर्न नसक्दा उनले पछाडी रहेका फिल्डरहरू थोरै दायाँ गए वा बायाँ गए या स्क्वायरमा खेलाडीले स्थान परिवर्तन गरेकाछन् भनेर हेरन ननसकेको अवस्थामा धोनीले त्यसलाई हेर्न सक्छन्। यस्तोमा उनले विराटलाई सहि सल्लाह दिन सक्छन्।
धोनीले सन् २०११ मा विश्वकप जितिसकेका ले त्यसको अनुभवको फाइदा पनि यस विश्वकपमा हुने उनको भनाइ छ।