रोयल च्यालेन्जर्स बेङ्लोरका फास्ट बलर उमेश यादवले भारतीय राष्ट्रिय टोलीबाट बाहिरिएपछि आफ्नो फर्म बिग्रेको बताएका छन्।
जारी आईपिएलमा पनि उनको प्रदर्शन सम्झनायोग्य छैन। उनी आसन्न क्रिकेट विश्वकप टोलीमा पनि अटाएका छैनन्। उमेशले हाल उनका लागि केहि पनि राम्रो नभइरहेकाले आफू दबाबमा परेको र त्यसको असर बलिङमा परिरहेको बताए।
‘हर कोहीले भनिरहेका छन्, मैले राम्रो बलिङ गरिरहेको छैन् र यस्तो किन भइरहेको छ? किनकी पछिल्ला दुई वर्षमा मैले घरेलु क्रिकेटका हरेक प्रारूपमा निरन्तर खेलिरहेको छु तर यति नै संख्यामा वान डे र टी-२० खेलको छैन। म केवल दुई या तीन म्याचका लागि मात्र छनौट हुन्छु अनि फेरि बाहिर पठाइन्छु’,उमेशले भने।
‘हर कोईले सोचिरहेका छन् किन मैले आफ्नो सर्वश्रेष्ठ दिइरहेको छैन तर यस्तो होइन। यस्तो सबै फास्ट बलरसँग हुनेगर्छ’, उनले थपे।
यसैगरी उमेशले पछिल्ला ६ म्याचमा लय कायम राख्न उनी असफल रहेको स्वीकार गरेका छन्।
‘यसको व्याख्या गर्न कठिन छ किनकी यो हरेक बलरको खेल जीवनको हिस्सा हो। कहिले कहिले हाम्रा लागि राम्रा र नराम्रा दिन हुन्छ। मलाई लाग्छ यो एउटा यस्तो समय हो जहाँ ४-६ महिनादेखि मैले राम्रो बलिङ गरिरहेको छैन’, उमेशले भने।