आठौं राष्ट्रिय खेलकुद अन्तरगत महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ फाइनलमा प्रवेश गरेको छ।
दाङ लमही क्रिकेट खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटको अन्तरले हराउँदै प्रदेश नम्बर १ ले फाइनल यात्रा तय गरेको हो।
टस जितेर व्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ७ विकेट गुमाउँदै ८० रन जोडेको थियो।
जसमा सुदूरपश्चिम प्रदेशकी विन्दु रावल नट आउट २६, कविता जोसी ११ रन नटआउट योगदान दिइन्।
बलिङतर्फ प्रदेश नम्बर १ निग्मा तामाङले २ विकेट, रुविना क्षेत्री, सवनम राई र संगीता राईले समान १/१ विकेट लिए।
८१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश नम्बर १ ले १३ दशमलव ४ ओभरमा लक्ष्य पूरा गरेको थियो।
प्रदेश नम्बर १ का तर्फबाट रुविना क्षेत्रीले सर्वाधिक नट आउट ४३ र रोमाको थापा नटआउट २१ रनको योगदान दिएका थिए। सुदूरपश्चिम प्रदेशकी कविता जोसीले २ विकेट लिएकी थिइन्।
सोमबारको खेलमा वुमन अफ द म्याच रुविना क्षेत्री घोषित भइन् ।