नीतीश राणाको नटआउट ८५ तथा आन्द्रे रसेलको ६५ रनका बाबजुत रोयल च्यालेन्जर्स बेङ्लोरसँग कोलकाता नाइट राइडर्स १० रनले पराजित भयो।
बेङ्लोरका कप्तान विराट कोहलीले पनि यस म्याचमा ५८ बलमा शतक हाने। त्यस्तै मोइन अलिले २८ बलमा ६ छक्का सहित ६६ रन बनाए। मोइनको यस विस्फोटक ब्याटिङमा सबैभन्दा बढि कुलदीप यादव चुटिए। मोइनबाट चुटिएपछि निराश बनेका कुलदीप रोएको खुलासा भएको छ।
मोइनले कुलदीपको ओभरमा ३ छक्काको साथमा २ चौका हान्दै २७ रन बटुलेका थिए। यस ओभरमा यादवले २६ रन दिदैं २ विकेट लिएका थिए। आफूलाई चौका र छक्काले चुटेका मोइनलाई अन्तिम बलमा आउट गराएपनि उनी खुशी हुन सकेनन्।
उनी निराश देखिए।
ओभरमा चौका र छक्काले पिटिएपछि कुलदीपको आँखामा आँशु छच्ल्किरहेको थियो। घुँडा टेकेर पानी पिईरहँदा उनी रून थालेका थिए। उनी रून थालेपछि टोलीका साथीहरूले उनलाई सम्झाउँदै ढाडस दिए।
जारी सिजनमा कुलदीपले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। उनले ९ म्याचमा केवल ४ विकेट लिएका छन्।