पाकिस्तानले इङ्ल्याण्ड तथा वेल्समा हुने विश्वकपका लागि टोलीको घोषणा गरेको छ।
उसले १५ सदस्यीय टोलीको कप्तानी विकेटकिपर सरफराज अहमदलाई सुम्पिएको छ। पाकिस्तानी चयनकर्ताहरूले फिटनेससँग जुधिरहेका मोहम्मद हफिजलाई पनि टोलीमा स्थान दिएका छन्।
मोहम्मद आमिर तथा आसिफ अलि टोलीमा अटाएका छैनन्।
आईसिसीको आधिकारिक वेवसाइटका अनुसार पाकिस्तानले दुई टोलीको बिहिबार घोषणा गरेको छ। जसमा एक टोलीले विश्वकप खेल्नेछ भने अर्को ले ईङ्ल्याण्डमा वान डे सिरिज खेल्नेछ। आमिर र आसिफ विश्वकपमा नअटाएपनि सिरिजमा भने अटाएका छन्।
पाकिस्तानले टोलीमा ३ ओपनर, २ स्पिनर तथा ५ पेसर राखेको छ। पाकिस्तानका चयनकर्ताहरूले परिस्थितिलाई हेर्दै टोलीको चयन गरेको जनाएका छन्। उनीहरूका अनुसार यसमा भरोसायोग्य ब्याट्सम्यान, विकेट लिन सक्ने विश्वसनीय बलर र फिल्टरलाई अटाएको उनीहरूको भनाइ छ।
विश्वकपका लागि यस्तो छ पाकिस्तानी टोलीः सरफराज अहमद(कप्तान)। फकर जमान, इमाम उल हक, आबिद अलि, बाबर आजम, शोएब मलिक, मोहम्मद हफिज, शादाब खान, इमाद वसीम, हसन अलि, फहीम अशरफ, शाहिन अपरिदी, जुनैद खान, मोहम्मद हसनैन,हैरिस सोहेल।