रोयल च्यालेन्जर्स बेङ्लोर(आरसिबी)ले शुकर्बार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको छ।
बेङ्लोरको यस जितमा कप्तान विराट कोहलीले ५८ बलमा १ सय रनको विस्फोटक पारी खेले।
त्यस्तै यस जितमा मोईन अलीले २८ बलमा ६६ रनको योगदान दिए। बेङ्लोरको जितमा यी दुबैको योगदान महत्वपूर्ण रह्यो। बेङ्लोरले पहिले ब्याटिङ् गर्दै कोलकातालाई ४ विकेटको क्षतिमा २१४ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उत्रेको कोलकाताले निर्धारित ओभरमा पौँच विकेट गुमाउँदै २०३ रन मात्र जोड्न सकेपछि नतिजा बेङ्लोरलाई सुम्पियो ।
हिजोको खेलमा कोलकाताले धिमा सुरूवात गर्यो। यसक्रममा नितिश राणाले ४६ बलमा ९ चौका तथा ५ छक्का प्रहार गर्दै नटआउट ८५ रन बनाए। त्यस्तै आन्द्रे रसेलले २५ बलमा २ चौका तथा ९ छक्का हान्दै ६५ रन बनाए। उनीहरूको योगदानले कोलकातालाई जित भने दिलाउन सकेन।
बेङ्लोरका लागि डेल स्टेनले २ विकेट लिए भने मार्कस स्टोइनिस र नन्दीप सैनीले समान १ विकेट लिए।
यस्तै कोलकाताका लागि सुनिल नारायण,आन्द्रे रसेल, हेरी गुर्नी, कुलदीप यादवले १-१ विकेट लिएका थिए।
जारी सिजनमा बेङ्लोरको यो दोश्रो जित हो भने कोलकाताको यो चौथो हार हो। कोलकाताले ९ म्याचमा ५ म्याचमा हार बेकोरेको छ भने ४ मा जित।