शनिबार भएको आईपिएल क्रिकेटमा मुम्बई ईण्डियन्सले हैदराबाद सनराइजर्सलाई ४० रनले पराजित गरेको छ।
किरोन पोलार्ड तथा अल्जारीको उत्कृष्ट प्रदर्शनले निम्न रनस्कोरका बाबजुद मुम्बई विजयी भयो।
टोलीलाई अति आवश्यक परेको अवस्थामा पोलार्डले ब्याटिङ्मा र जोसेफले बलिङमा उत्कृष्ट प्रदर्शन गरे।
पोलार्डले ९७ रनमा ७ विकेट गएको अवस्थामा २६ बल खेल्दै ४६ रनको पारी खेले भने जोसेफले टि-२० लिगको इतिहासमा सर्वाधिक ६ विकेट लिएर टोलीलाई जिताए। आईपिएलमा २० वर्षिय जोसेफको यो पहिलो म्याच हो।
पहिले ब्याटिङ गरेको मुम्बईले हिजोको खेलमा खराब सुरूवात गर्यो।
२१ रनमा पहिलो विकेट गुमाएको मुम्बईले ६५ रन बनाउँदा आफ्नो ५ विकेट गुमाइसकेको थियो। ९७ रन बनाउँदा उसका ७ विकेटहरू झरिसकेका थिए।
यसरी कम स्कोरमा रहेको मुम्बईलाई त्यसपछि किरोन पोलार्डले विष्फोटक ब्याटिङ् गरे र मुम्बईको स्कोरलाई १३६ रनमा पुर्याए। मुम्बईका लागि उनले अन्तिम १२ बलमा ३९ रन जोडेका थिए।
कम रनस्कोर खडा गरेकाले मुम्बईलाई जितका लागि आफ्ना बलहरू चम्कनुपर्ने थियो। यस्तोमा पहिलो आईपिएल म्याच खेल्न आएका जोसेफले मुम्बईका लागि आवश्यक रहेको प्रदर्शन गरे।
उनले सर्वाधिक ६ विकेट लिए हैदराबादको पारी ध्वस्त पारे। हैदराबादले १७.४ ओभरमा पूरै विकेट गुमाउँदै ९६ रन मात्र जोड्न सक्यो।
यो मुम्बईको तेश्रो जित हो।