भारतीय क्रिकेट बोर्ड(बिसिसिआइ)ले पुलुवामा भएको आतंकवादी हमलामा शहिद भएका सेनिक जवानका परिवारको राहत कोष तथा राष्ट्रिय रक्षा कोषलाई २० करोड भारू दिने निर्णय गरेको छ।
बोर्डले २३ मार्चबाट सुरू हुने भारतिय क्रिकेट लिगको पहिलो दिन भारतीय सेनाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सो रकम हस्तान्तरण गर्ने उसले जनाएको छ। उनीहरूले लिगको भव्य उद्घाटनमा खर्च हुने रकम दिन लागेका हुन्। गत सिजनमा यसका लागि १५ करोड भारू खर्च गरेको बोर्डले यसपटक २० करोड रूपैयाँ खर्च गर्ने योजना बनाएको थियो।
यसपटक आइपिएलको भव्य उद्घटन हुनेछैन्। सो अवसरमा महेन्द्र सिंह धोनी तथा भारतीय कप्तान विराट कोहली उपस्थित हुने बताइएको छ।
पुलुवामा घटनामा ४४ बढि सैनिक जवानले ज्यान गुमाएका थिए।