थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोटको आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ४१ रनमा समेटेको छ।
बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ४१ रन मात्र बनायो।
उसका लागि चामानी सेनेभिरातानाले सर्वाधिक १३ रन बनाइन्। बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
युएईलाई सस्तैमा समेट्न नेपालका लागि नेरी थापाले ४ विकेट लिइन्। ६ रन खर्चिएकी नेरीले १ मेडन ओभर फालेकी थिइन्।
यस्तै सीता रानामगर,करूणा कुँवर र सोनु खड्काले २-२ विकेट लिए।
आजको खेलमा नेपाली टिम जितका साथ कमब्याक गर्न चाहन्छ। पहिलो खेलमा मलेसियालाई हराएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग पराजित हुन पुगेको थियो । जसका कारण उसलाई लिगको शिर्ष स्थानमा रहने यात्रामा धक्का लागेको छ। तर, पनि थाइल्याण्ड अरु टिमसँग पराजित भएमा र नेपालले आफ्नो जीतको यात्रालाई कायमै राखेमा शिर्ष स्थानमा पुग्ने सम्भावना रहन्छ।