यो संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रारम्भीक खेल तालिका सार्वजनिक भएको छ।
बीसीसीआईले पहिलो दुई साताका लागि खेल तालिका सार्वजनिक गरेको हो।
चैत २३ गते शनिबारदेखि सुरू हुने खेलको उद्घाटन खेलमा भारतीय कप्तान विराट कोहलीलको रोयल च्यालेन्जर्स बैंगलोरले महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सको सामना गर्नेछ।
भारतमा सन्न लोकसभा चुनावलाई मध्यनजर गर्दै सार्वजनिक गरेको खेल तालिका केही परिवर्तन हुनसक्ने बताएको छ।
२३ मार्च (चैत ९) देखि अप्रिल ५ (चैत २२) सम्मका लागि सार्वजनिक गरिएको तालिकामा १७ खेल हुनेछन्। तालिका अनुसार कोलकाता, मुम्बई, जयपुर, दिल्ली, चेन्नई, बेंगलुरू, हैदराबाद र मोहालीमा खेल हुनेछ।
बीसीसीआईले दुई साताका लागि सार्वजनिक गरेको खेल तालिकासँगै बाँकी तालिकामा परिवर्तन हुनुसक्ने बताएको छ। यद्यपी भारतीय सरकारले अहिलेसम्म चुनावको मिति तय गरेको छैन। त्यसैले बाँकी तालिका सार्वजनिक गर्न समय लाग्ने देखिएको छ।
आगामी अप्रिल या मे मा लोकसभा चुनाव हुने सम्भावना छ। त्यस्तै यो सिजनको आईपीएल पनि मार्च, अप्रैल तथा मे महिनाका लागि तय भएको छ। यसलगत्तै एक दिवसीय विश्वकप क्रिकेटको आयोजना हुने भएको छ।
पहिलो दुई सातामा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबाहेक बाँकी सबै टिमले समान चार-चार खेल खेल्नेछन्।
सबै टिमले दुई खेल आफ्नो घरेलु मैदानमा र २ खेल बाहिरको मैदानमा खेल्नेछ।
दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बैंगलोले घरेलु मैदानमै तीन तीन खेल खेल्नेछन्।
हेर्नुहोस् आइपिएलको तालिका