थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले पहिलो खेलमा मलेसियालाई १२७ रनको लक्ष्य दिएको छ।
बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२६ रन बनाएको हो।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ४२ रन बनाइन्। कप्तान रूविना क्षेत्रीले ३३ रन बनाउँदा काजोल श्रेष्ठले १६ तथा इन्दु बर्माले १३ रन जोडिन्।
मलेसियाका लागि विनीफ्रिड डुराइसिंगम, सासा आज्मी र जुमिका आज्मीले १-१ विकेट लिए।
यो प्रतियोगिता नेपालका लागि विश्वकप खेल्ने सपना पुरा गर्ने ढोकाका रूपमा लिइएको छ । छोटो समयको तयारी भए पनि थाइल्याण्डमा नै भएको टी–२० स्म्यासको उपविजेता भएका नाताले नेपाली टिम पूर्ण आत्मविश्वासका साथ थाइल्याण्ड पुगेको हो।