थाइल्याण्डमा हुने आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ।
छनोट कमिटिले शुक्रबार प्रतियोगिताको लागि १४ सदस्यीय नेपाली क्रिकेट टिम घोषणा गरेको हो।
नेपाली टोली
रुविना क्षेत्री - कप्तान
सीता रानामगर- उपकप्तान
करूणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुवँर, अप्सरी बेगम, ममता कुमारी चौधरी र विन्दु रावल।
बैकल्पिक खेलाडी
रितु कुमारी कनुजिया, सुमन विष्ट, अन्जली चन्द र डोली भट्ट।
मुख्य प्रशिक्षक- विनोद दास
सहायक प्रशिक्षक- निरा राजोपाध्याय
म्यानेजर- अमृता पौडेल
फिजियो- सकुना दानी
शनिबारदेखि फागुन १५ सम्म हुने छनोट प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टिम भोलि दिउँसो थाइल्यान्ड प्रस्थान गर्दैछ।
छनोट प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्यान्ड, चीन, हङकङ, कुवेत, मलेसिया र यूएई छन्।
राउण्ड रोविन लिगको आधारमा हुने खेलमा नेपालले आफ्नो पहिलो खेल मलेसियासँग फागुन ७ गते खेल्नेछ। त्यस्तै, दोस्रो खेल ९ गते आयोजक थाइल्यान्डसँग १० गते यूएई, १२ गते हङकङ १३ गते चीन र नेपालले अन्तिम खेलमा कुवेतसँग १५ गते खेल्दैछ।