भारतविरुद्धको तेस्रो तथा निर्णायक टी–२० खेलमा न्यूजिल्याण्ड चार रनले विजयी हुँदै शृंखला २-१ ले जितेको छ।
घरेलु टोलीले दिएको २१३ रनको बिशाल लक्ष्य पछ्याएको भारतले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो।
भारतका लागि कप्तान रोहित शर्माले ३८, विजय शंकरले ४३ तथा रिशव पन्तले २८ रन बनाए। यस्तै हार्दिक पाण्ड्याले २१ रनको योगदान दिए। दिनेश कार्तिकले अविजित ३३ तथा क्रुनाल पाण्डेले अभिजित २६ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन्।
न्यूजिलाण्डका लागि ड्रायाल मिचेल र मिचेल सान्तेनेरले २-२ विकेट लिएका थिए।
यसअघि ह्यामिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रनको बिशाल योगफल बनाएको थियो।
उसका लागि कोलीन मुर्नोले ७२ रन बनाउँदा टीम सेइफर्टले ४३ तथा ग्राण्डहोमीले ३० रन बनाए।
यस्तै कप्तान केन विलियम्सनले २७ र रोस टेलले १४ रनको योगदान गरे। बलिङमा भारतका कुलदिप यादवले दुई विकेट लिएका थिए।
यो सँगै तीन खेलको टी ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जितेको हो। यसअघि पहिलो खेलमा ८० रनको जित निकालेको न्यूजिल्याण्ड दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो।