युएईविरुद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली टिम आज युएई प्रस्थान गर्दैछ।
नेपाली टोली आज अपरान्ह ४:३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्सीय नेपाली टोली त्यसतर्फ जानेछन्।
आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय क्रिकेट सिरिज खेल्न नेपाली टोली युएई जान लागेको हो।
नेपालले युएईसँग ३ वटा एक दिवसीय र ३ वटा टी–२० क्रिकेटको सिरिज खेल्नेछ।
- माघ ११ गते- पहिलो एक दिवसीय
- माघ १२ गते - दोस्रो एक दिवसीय
- माघ १४ गते - तेस्रो एकदिवसीय
- माघ १७ गते - पहिलो टी–२०
- माघ १८ गते - दोस्रो टी २०
- माघ २० गते - तेस्रो टी २०
यसैबीच बंगलादेश प्रिमियर लिग (बीपीएल) र अष्ट्रेलियाको बिग ब्यास लिग खेलेर युवा बलर सन्दीप लामिछाने स्वदेश फिर्ता भइसकेका छन्।
एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए ।
नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने यस पटक टोलीमा छैनन् । महत्पूर्ण सदस्य टोलीमा नहुँदा प्रतियोगितामा दबाब भने रहने कप्तान खड्काको भनाइ छ । बिरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठीक हुन तीन/चार हप्ता लाग्ने बताइएको छ । ‘मुख्य गरी हामीले ब्याटिङमा विशेष सुधार गर्नुपर्ने छ’, कप्तान खड्काले भने।
युएईसँगको खेलका लागि चार युवा खेलाडीले ‘सिनियर’ टोलीमा स्थान बनाएका छन् । अविनाश बोहरा, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् ।
एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृङ्खला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुनेछ। विश्व क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृङ्खला खेलेको थियो। दुई खेलको शृङ्खला एक/एक जीतको बराबरीमा सकिएको थियो।
नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो। आइसिसीबाट एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो।
नेपाली टोली :
- पारस खड्का (कप्तान)
- ज्ञानेन्द्र मल्ल (उपकप्तान)
- अविनाश बोहरा
- बसन्त रेग्मी
- भिम सार्की
- बिनोद भण्डारी
- दिपेन्द्र सिंह ऐरी
- करण केसी
- ललित नारायण राजवंशी
- आरिफ शेख
- पवन सर्राफ
- प्रदीप ऐरी
- रोहित कुमार पौडेल
- सन्दीप लामिछाने
- सोमपाल कामी
- सन्दीप जोरा
वैकल्पिक खेलाडी :
- सुशन भारी
- ललित भण्डारी
- बिक्रम सोब