आगामी माघ ११ देखि २० गतेसम्म युएई र नेपाल बिच हुने अन्तर्राष्ट्रिय एकदिवसीय तथा टी- ट्वान्टी अन्तर्राष्ट्रियका लागि नेपाली टोलीको अन्तिम छनोट भएको छ।
आइसिसि प्रतिनिधि आमिन्ल्यूल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट टोलीले १६ सदस्यीय अन्तिम टोली छनोट गरेको हो।
- पारस खड्का- कप्तान
- ज्ञानेन्द्र मल्ल –उपकप्तान
- अभिनाश बोहोरा
- बसन्त रेग्मी
- भीम सार्की
- दीपेन्द्र सिंह ऐरी
- विनोद भण्डारी
- करण केसी
- ललितनारायण राजबंशी
- मो. आरिफ शेख
- पवन सरार्फ
- प्रदीप ऐरी
- रोहितकुमार पौडेल
- सन्दिप लामिछाने
- सोमपाल कामी
- सन्दिप झोरा
बैकल्पिक खेलाडी
- ललित भण्डारी
- सुसन भारी
- बिक्रम सोब
नेपालको राष्ट्रिय क्रिकेट टीममा एकै पटक चार युवा क्रिकेटरले मौका पाएका छन्। युवा क्रिकेटर पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहोरा एकै पटक राष्ट्रिय टोलीमा अटाएका हुन्।
नेपाली टोलीका अर्का नियमित खेलाडी सरद भेषवाकरले अस्वस्थका कारण आफ्नो नाम फिर्ता लिएका हुन्। क्याम्पमा रहे पनि अन्तिम समयमा बिरामी परेका कारण शरदले टिमबाट नाम फिर्ता लिएका छन्।
यसअघि विश्व क्रिकेट लिग अन्तर्गत हङकङ विरुद्धको दुई खेलमा पनि उनी विरामी हुँदा घर फर्किएका थिए। यस्तै नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेल पनि चोटका कारण गुमाएका थिए।
बंगलादेशमा जारी बीपीएल खेलिरहेका युवा बलर सन्दिप लामिछाने भोलि दिउँसो १:२५ बजे बिमान बंगलादेशको नियमित उडानबाट काठमाडौं आइपुग्ने छन्।
नेपाली टोली मंगलबार दुबई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। टोली दिउँसो ४: २० बजे फ्लाई दुबईको नियमित उडानबाट दुबई जाँदैछ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक जगत टमाटाले प्रशिक्षण गराईरहेका छ्न्। उनलाई ब्याटिङ प्रशिक्षक उमेश पटवाल र ट्रेनर सुवास पात्रोले प्रशीक्षणमा सघाई रहेका छन्।
एकदिवसिय मान्यता पाएपछि नेपालले दोस्रो सिरिजका लागि युएई भ्रमण गर्न लागेको हो। सिरिज अन्तर्गत नेपाल ले ३ एकदिवसीय र ३ टी – ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्नेछ, जसमा सुरुमा एकदिवसीय र पछि टी – ट्वान्टी हुनेछ।
युएईविरुद्धको खेल तालिकाः
- माघ ११ गते, पहिलो एकदिवसीय
- माघ १२ गते, दोस्रो एकदिवसीय
- माघ १४ गते, तेस्रो एकदिवसीय
- माघ १७ गते, पहिलो टी -ट्वान्टी
- माघ १८ गते, दोस्रो टी -ट्वान्टी
- माघ २० गते, तेस्रो टी – ट्वान्टी