बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिगमा नेपाली युवा स्पीनर सन्दिप लामिछानेको रंगपुर राइडर्स विरूद्ध पनि विकेट लिएका छन्।
सिलेट सिक्सर्सबाट खेलिरहेका सन्दिपले चार ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ विकेट लिएका हुन्।
उनले सुरुवाती तीन ओभरसम्म कुनै विकेट नलिए पनि अन्तिम ओभरमा ३ रन खर्चिदै बेनी हवेललाई आउट गरेका हुन्।
पहिलो ओभरमा ६ रन दिएका सन्दिपले दोस्रो ओभरमा पाँच रनमात्र दिए। तेस्रो ओभरमा सन्दिपले चार रन दिएका थिए।
सिलेट सिक्सर्सले दिएको १८८ रनको लक्ष्य पछ्याएको रंगपुर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो। यो सँगै सिलेट सिक्सर्सले खेल २७ रनले जितेको छ।
सिलेटको जितमा ताक्सिन अहमद र मेहदी थासन रानाले २-२ विकेट लिए।