भारतीय क्रिकेटर केएल राहुल र हार्दिक पान्ड्या दुई खेलको प्रतिबन्ध गर्न बीसीसीआईले सिफारिस गरेको छ।
भारतीय टेलिभिजन सो कफि विथ करनमा दिएको अभिब्यक्तिका आधारमा बीसीसीआइले दुबै खेलाडीलाई दुई खेलको प्रतिबन्ध लगाउन सिफारिस गरेको हो।
यसका साथै उनीहरुलाई अपिल गर्न २४ घण्टाको समयसमेत दिएको छ।
बीसीसीआईका अनुशासन कमिटीका प्रमुख विनोद रायले उनीहरुले माफी मागेर मात्र यो कारबाही पुरा नहुने भन्दै उनले यो कारबाही तत्कालका लागि लागू गर्नुपर्ने बताए।
एक टिभी कार्यक्रममा पान्ड्याले महिलामाथि खराब शब्द प्रयोग गरेको कारण विवादमा मुछिएका थिए। जसको कारण विसिसिआईले नोटिससमेत जारी गरेको थियो।
जनवरी ६ तारिमा प्रस्तुत सो कार्यक्रममा कार्यक्रम संचालक करन जोहरले पान्ड्या र राहुललाई केहि ब्यक्तिगत, सम्बन्ध र भारतीय टोलिसंग सम्बन्धित प्रश्न राखेका थिए। सो प्रश्नहरुको जवाफ दिनेक्रममा पान्ड्या र राहुल नश्लवादी बनेको र महिला तथा अन्य फ्यानहरु माथी अपमान राखेको भन्दै पछिल्लो केहि दिनमा आलोचना भएको हुँदै आएको छ।
कार्यक्रमको दौरान हार्दिक पान्ड्यालाई उनको महिलासंगको सम्बन्धसँग जोडिएको प्रश्न गर्दा हार्दिकले अचम्मित पार्ने खालको जवाफ दिएका थिए। पहिलो पटक एक महिलासंग शारीरिक सम्बन्ध बनाएपछि हार्दिकले आफ्नो घरमा पुगेर ‘आज करके आया है’ अर्थात नेपालीमा ‘आज गरेर आएँ” भनेर सुनाएको बताएका थिए।
बढ्दो आलोचना पछि हार्दिक पान्ड्याले सामाजिक संजाल मार्फत बुधवार माफी समेत मागेका थिए। आफ्नो इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा पोस्ट गर्दै पान्ड्याले आफुले नियोजित ढंगले कसैको अपमान गर्न नचाहेको र कार्यक्रमको प्रकृति अनुसार प्रस्तुत हुन मात्र खोजेको बताएका थिए।