आगामी शनिबारदेखि थाइल्याण्डमा हुने वुमन ट्वान्टी–२० स्म्यास क्रिकेट प्रतियोगिता खेल्ने १४ नेपाली खेलाडी छनोट भएका छन्।
फागुन ६ गतेबाट हुने विश्वकप छनोट प्रतियोगिता खेल्नु अघि नेपाली महिला टोलीले पुसको अन्तिम साता थाइल्यान्डमा हुने वुमन ट्वान्टी–२० स्म्यास क्रिकेट प्रतियोगिता खेल्नेछ ।
थाइल्यान्डमा हुने आइसीसी बिश्वकप छनोट प्रतियोगिता खेल्नुअघि नेपाली महिला टोलीले वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिता खेल्न लागेको हो।
ट्वान्टी–२० स्म्यासमा आयोजक थाइल्याण्डसहित भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, तान्जानिया, श्रीलंका, कुवेत, नामिबिया र नेपालगरी १० टोली सहभागी हुन्छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले २८ गते तान्जानियासँग खेल्नेछ।
३० गते नामिबियासँग खेल्ने नेपालले तेस्रो खेल माघ २ गते इन्डोनेसियाबिरुद्ध खेल्नेछ। चौथो खेलमा माघ ३ गते कुबेतसँग प्रतिस्पर्धा गर्नेछ।
थाइल्याण्डमै आयोजना हुने बिश्वकपको छनोट तयारी स्वरुप थाइल्याण्डले प्रतियोगितामा आयोजना गरेको हो ।
थाइल्यान्डमै फागुन ६ गतेबाट हुने विश्वकप छनोट प्रतियोगितामा ७ टोली सहभागी हुँदैछन्। राउन्ड रोबिन लिगका आधारमा खेलाइने छनोट प्रतियोगितामा चीन, हङकङ, कुबेत, मलेशिया, युनाइटेड अरब इमिरेट्स (युएई), थाइल्याण्ड र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली शुक्रबार थाइल्याण्ड जानेछन्।
को /को परे टिममा?
रुविना क्षेत्री– कप्तान
सिता रानामगर– उपकप्तान
करुण भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती बिडारी
काजल श्रेष्ठ
कविता कुँवर
रोमा थापा
डोली भट्ट
ममता कुमारी चौधरी
बिन्दु रावल
बैकल्पिक खेलाडी
रितु कानोउजिया
सुमन विष्ट
सबनम राई
सहयोगी टिम
अमृता पौडेल (म्यानेजर)
बिनोद कुमार दास (प्रशिक्षक)
साकुना दानी (फिजियो)