१२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि ३४६ खेलाडीको लिलामी आज हुँदैछ।
पहिलो पटक बैंलोर बाहिर हुन लागेको लिलामी जयपुरमा आज दिउँसो २ बजेपछि हुँदैछ।
लिलामीका लागि १ हजार ३ जना क्रिकेटरले आवेदन दिएका थिए । त्यमध्ये शटलिस्टमा परेका ३ सय ४६ खेलाडीको लिलामी हुने भएको हो।
सर्ट लिस्ट अनुसार सबैभन्दा महंगा खेलाडीका रूपमा भारतका कोही पनि क्रिकेटर अटाएनन्।
२ करोड भारतीय रुपैयाँ सुरूआती मूल्य तोकिएका ९ खेलाडीमा सबै भारत बाहिरका छन्।
जसमा न्यूजील्याण्डका पूर्व कप्तान बेन्डन म्याकुलम्, इंग्ल्याण्डका अलराउण्डर क्रिस बोक्स, श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा, अष्ट्रेलियाका शान मार्श, डी आर्सी शट, न्यूजील्याण्डका कोरी एन्डरसन्, कालिन इंग्राम र इंग्ल्याण्डका सैम करन छन्।
यसैगरी १ करोड ५० लाख न्यूनतम मूल्य तोकिएका खेलाडीमा भारतीय तिब्र गतिका बलर जयदेब उनादकट बाहेक बाँकी ९ जना भारत बाहिरकै छन्।
यस्तै किंग्स इलेवन पञ्जाबका पूर्व अलराउण्डर युवराज सिंह र स्पिनर अक्षर पटेल, विकेटकिपर ऋद्धिमान साहा र मोहम्मद शामीको मूल्य १ करोड तोकिएको छ। यी सहित १९ खेलाडीको न्यूनतम् मूल्य १ करोड राखिएको छ।
यस्तै ७५ लाख न्यूनतम् मूल्यको सूचीमा दुई भारतीयसहित १८ खेलाडीलाई लिलामीमा राखिएको छ। यसमा भारतीय तिब्र गतिका बलर इशान्त शर्मा पनि छन्।
यस्तै न्यूनतम मूल्य ५० लाख रूपैयाँको सूचीमा १८ भारतीय र ४४ बिदेशी खेलाडीसहित ६२ जना छन्।
यस्तै आईपीएलको १२ औं सिजनमा पहिलो पटक न्यूनतम मूल्य ४० लाखमा ७ जना खेलाडी राखिएको छ। यसमा सबै खेलाडी विदेशी छन्।
यस्तै न्यूनतम् मूल्य तीस लाख रूपैयाँमा पाँच भारतीय सहित ८ खेलाडी छन्।
यसैगरी न्यूनतम मूल्य २० लाख रूपैयाँका लागि १९६ भारतीय र १७ विदेशी गरी २१३ जना खेलाडी लिलामी हुँदैछन्।