भारतीय कप्तान विराट कोहलीले अष्ट्रेलियाविरूद्ध जारी दोस्रो टेष्टमा नयाँ कीर्तिमान बनाएका छन्।
अष्ट्रेलियाविरूद्ध जारी दोस्रो टेष्टको तेस्रो दिन आइतबार कोहलीले १२३ रन बनाउँदै नयाँ कीर्तिमान बनाएका हुन्।
यो सँगै कोहलीले वर्ष २०१८ मा २६०० रन पुरा गरेका छन्। लगातार दुई क्यालेन्डर वर्षमा २६०० रन कटाउने कोहली पहिलो खेलाडी हुन्।
कोहलीको यो कीर्तिमान १४१ वर्षको क्रिकेट इतिहासमा पहिलो पटक बनेको हो।
यसअघि कप्तान कोहलीले सन् २०१७ मा २८१८ रन बनाएका थिए। यस प्रकार लगातार दुई वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा २६०० भन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान बनाउन सफल भए।
विराट कोहलीले सन् २०१८ मा १४ एक दिवसीय, १० टी ट्वान्टी र १२ टेष्ट खेलेका छन्।
उनले १४ एक दिवसीयमा १३३.५५औषतमा १२०२ रन बनाएका छन्। जसमा ६ शतक समाबेश छ। यस्तै उनले १० टी ट्वान्टीमा ३०.१४ औषतमा २११ रन बनाएका छन्।
वर्षको १२औं टेष्ट खेलिरहेका कोहलीले अहिलेसम्म ११३६ रन बनाएका छन्।
यो सँगै तीनै फर्म्याटको क्रिकेटमा कोहलीले २६ सयको आँकडा पुरा गरेका हुन्।
अहिलेसम्म विश्व क्रिकेटमा मात्र दुई खिलाडीले मात्र दुई क्यालेन्डर वर्षमा २६०० अन्तर्राष्ट्रिय रन बनाएका छन्।
यसमा श्रीलंकाका कुमार सांगाकारा र अष्ट्रेलियाका रिकी पोन्टिङ छन्। सांगाकाराले सन् २००६ र सन् २०१४ मा २६०० रन पुरा गरेका छन् भने रिकी पोन्टिङले सन् २००३ र २००५ मा २६०० अन्तर्राष्ट्रिय रन पुरा गरेका छन्। तर उनीहरू दुबैले लगातार वर्षमा २६०० रन कटाएका छैनन्।
१ वर्षमा २६००+ रन बनाउने क्रिकेटर (क्यालेन्डर वर्ष) |
खेलाडी (देश) | वर्ष | म्याच/पारी | रन | १००/५० |
कुमार सांगाकारा (श्रीलंका) | २०१४ | ४८/५७ | २८६८ | ८/१८ |
रिकी पोन्टिङ (अष्ट्रेलिया) | २००५ | ४६/५८ | २८३३ | ९/१५ |
विराट कोहली (भारत) | २०१७ | ४६/५२ | २८१८ | ११/१० |
केन विलियम्सन (न्यूजील्याण्ड | २०१५ | ३९/४६ | २६९२ | ८/१४ |
एन्जेलो म्याथ्यूज (श्रीलंका) | २०१४ | ५३/५९ | २६८७ | ४/१७ |
रिकी पोन्टिङ (अष्ट्रेलिया) | २००३ | ४५/४९ | २६५७ | ११/८ |
राहुल द्रविड (भारत) | १९९९ | ५३/६२ | २६२६ | १०/९ |
कुमार सांगाकारा (श्रीलंका) | २००६ | ५०/५५ | २६०९ | ५/१६ |
*विराट कोहली (भारत) | २०१८ | ३६/४४ | २६३६ | ११/८ |
(नोट: विराट कोहली* पर्थ टेष्टमा यो वर्षको आफ्नो ४४ पारी खेल्दैछन्। उनले यस पारीमा १२३ रन बनाएसँगै आफ्नो २६०० रनको आँकडा पुरा गरेका हुन्।
विराट कोहली विश्वका एक मात्र खेलाडी हुन् जसले लगातार तीन वर्ष २५०० भन्दा बढी रन बनाएका छन्। उनले सन् २०१६ मा २५९५ रन बनाएका थिए।