पोखरा राइनोजको राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगमा लगातार चौथो हारसहित अघिल्लो चरण प्रवेश सम्भावना सकिएको छ।
शुक्रबार काठमाडौं किङ्ससँग ५ विकेटले पराजित हुँदै अन्तिम खेल अगावै पोखरा बाहिरिएको हो।
पोखरा राइनोजले दिएको १६६ रनको लक्ष्य काठमाडौं किंग्सले अन्तिम ४ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो।
काठमाडौंको जितमा केबिन ओब्राइनले सर्वाधिक अर्धसतकीय पारी खेले। ३५ बल खेलेका उनले ३ छक्का र ४ चौका प्रहार गरेका थिए।
यस्तै काठमाडौंका कप्तान रोहन मुस्ताफाले ४० रन बनाउँदा शुब्रमन्यम आनन्दले २७ रन जोडे।
पोखराका लागि बिक्रम शोबले २ तथा शक्ति गौचन र शुसन भारीले १-१ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।
यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो।
पोखराका लागि ओपनर रिचार्ड लेभीले ३८ रन बनाउँदा कप्तान काहिल काइट्जेर ले ३७ रन बनाए। सुनील धमला नौ रनमा आउट हुँदा विनोद भण्डारी १७ , राजेश पुलामीले ९ रन मात्र जोड्न सके।
बलिङमा विक्रम भुषाल र केबिन ओब्राइनले समान दुई-दुई विकेट लिँदा रोहन मुस्ताफा र संसद शेखले १-१ विकेट लिए।
यो पराजयसँगै जारी प्रतियोगितामा लगातार चार खेल हारेको पोखरा प्रतियोगिताबाट बाहिरिएको छ।
यता विजेता काठमाडौंको जितसँगै प्लेअफ नजिक पुगेको छ।