राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबारको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ४ विकेटले हराएको छ।
टस जितेर फिल्डिङ रोजेको भैरहवाले विराटनगरले दिएको ९२ रनको लक्ष्यलाई पछ्याउँदै ६ विकेटको क्षतिमा १९.४ ओभरमा ९२ रन बनाउन सफल भयो।
आफ्नो तेस्रो खेलमा भैरहवाले ६ अंक जोड्न सफल भएको छ। योसँगै भैरहवा लिगको पहिलो स्थानमा उक्लिन सफल भएको छ।