राजधानीमा जारी एभेरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै काठमाडौं किंङ्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले ७ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर भेट्टायो।
काठमाडौंको जितमा सुब्रमनियन आनन्दले ४३ रको नटआउट पारी खेले। यस्तै ओपनर अमित श्रेष्ठले १८ रन बनाएर आउट हुँदा सागर पुनले ३९ रन बनाए। विदेशी खेलाडी केभिन ओब्राइन ९ रनमा आउट हुँदा नरेश बुढाऐरले २२ रन जोडे। यस्तै अमरसिंह रौटेला २१ रनमा नटआउट रहे।
चितवनका साहब आलमले २ तथा ललित भण्डारी र पउल स्ट्रलिङलेले १-१ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले अन्तिम बल बाँकी छँदै १६० रन बनाएर अल आउट भएको थियो।
आक्रामक सुरूवात गरेको चितवनका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४५ रन बनाए। यस्तै ओपनर पउल स्ट्रलिङले पहिलो विकेटका लागि सन्दिप सुनारसँग ५३ रनको साझेदारी गरेका थिए। स्ट्रलिङले १३ बलमा ३४ रन बनाउँदा सन्दिपले १९ बलमा २५ रन बनाएका थिए।
तेस्रो विकेटका रूपमा विदेशी खेलाडी जोन सिमसन पहिलो बलमै आएट भएपछि आएका ऐरी अर्धसतक बनाउन ५ रनले चुके।
चौथो विकेटका लागि जर्ज स्कट र दिपेन्द्र ऐरीले ४० रनको साझेदारी गरेका थिए। तर, स्कट १५ रनमा आउट भएपछि चितवनले १ सय ९ रनमा चौथो विकेट गुमायो।
टिमको स्कोर १ सय ४४ रन हुँदा पाँचौ विकेटका रूपमा दीनेन्द्र सिंह ऐरी ४५ रन बनाएर आउट भए।
त्यसपछि क्रिजमा आएका भिम शार्की पनि सात रनमा आउट भएपछि १ सय ५२ रनमा छैठौं विकेट गुमाएको चितवनले बाँकी ८ रन जोड्दा ४ विकेट गुमायो।
कमलसिंह ऐरी, ललित भण्डारी र सागर ढकालले १-१ रन बनाउँदा कप्तान पृथु बास्कोटाले २० बलमा २० रन बनाउँदै नटआउट रहे।
बलिङ तर्फ काठमाडौंका प्रदिप साहु र संसद शेखले ३-३ विकेट लिँदा सागर पुन र केभिन ओब्राइनले एक-एक विकेट हात पारे।
यो जितसँगै काठमाडौंले पहिलो खेलबाटै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। उता पराजित चितवनलले लगातार दोस्रो हार व्यहोरेको छ। यसअघि हिजो ललितपुरसँग ११ रनले पराजित भएको थियो।