आगामी पुस ४ गतेदेखि अष्ट्रेलियामा हुने बिग ब्यास लिग खेल्न नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछन्।
इपिएलमा सुरूवाती दुई खेल खेलेर सन्दिप आइतबार साँझ अष्ट्रेलिया जान लागेका हुन्। उनले इपिएलमा २ खेलमा ५ विकेट लिएका थिए।
पहिलो खेलमा हार ब्यहोरेपनि चार ओभरमा दुई विकेट लिएका सन्दिपले दोस्रो खेलमा चार ओभरमा २६ रन दिदै तीन विकेट लिँदै इपिएलको यात्रा टूंग्याएका थिए।
सबैभन्दा ब्यस्त नेपाली क्रिकेटर सन्दिपले बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्नेछन्।
एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्यस्त भइरहेका सन्दिपले बिग ब्यासमा आफूले सकेको प्रदर्शन गर्ने बताए।
बिग ब्यास लिग जस्तो प्रतियोगितामा नेपाली खेलाडीले खेल्न पाउनुनै सबैभन्दा गर्वको विषय भएको भन्दै उनले आफूले क्षमता अनुसार प्रदर्शन बताए।
उनले बिग ब्यासमा पनि ५-६ वटा खेल खेलेर बंगलादेश प्रिमियर लिग खेल्न जानेछन्।
पहिलेको सहमति अनुसार नै उनी अष्ट्रेलियाबाट बंगलादेश जाने भएका हुन्। आगामी वर्षको ५ जनवरीदेखि शुरु हुन गईरहेको बंगलादेश प्रिमियर लिगमा सन्दिपले सिल्हेट सिक्सर्सको प्रतिनिधित्व गर्नेछन्। सिल्हेटको प्रशिक्षकमा पाकिस्तानका लिजेण्डरी बलर वकार युनिस छन्। बंगलादेश प्रिमियर लिगको पुरा सिजन खेलेपछि सन्दिप फेरि अष्ट्रेलिया फर्किने छन्।
सन्दिपको टोली मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन्। स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।
बिग ब्यास लिग खेल्ने पहिलो एसोसिएट खेलाडीसमेत बनेका सन्दिपलाई यी दुई फ्रेन्चाईजले सन्दिपलाई कति रकममा किनेको हो त्यो भने खुलाइएको छैन।
सन्दिपले गत वर्ष सम्पन्न विश्व चर्चित इण्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेविल्सबाट खेल्दै ३ खेलमा ५ विकेट समेत लिएका थिए। त्यसपछि उनले ग्लोबल टि–२० क्यानडा, क्यारिबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टी टेन लिगमा समेत आफ्नो प्रदर्शन देखाइसकेका छन्। अब उनी पाकिस्तान सुपर लिगमा समेत खेल्ने भएका छन्।
फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग र बिग बास सबैभन्दा ठूला प्रतियोगिता हुन्।