सन्दिप लामिछानेको उत्कृष्ट बलिङमा तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा ललितपुर प्याट्रीयट्सले पहिलो जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा १४४ रनको लक्ष्य पछ्याएको चितवन टाइगर्सलेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमा समेटिएको थियो।
चितवनका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। ४५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए।
कप्तान पृथु बाँस्कोटाले २६ रन बनाउँदा भीम शार्कीले २१ रन बनाए।
ललितपुरलाई पहिलो जित दिलाउन सन्दीप लामिछाने र सोनु तामाङले उत्कृष्ट प्रदर्शन गरे।
सन्दिपले ४ ओभर बलिङ गर्दै महत्वपूर्ण तीन विकेट लिए। प्रतियोगितामा अन्तिम खेल खेलिरहेका सन्दिले २६ रन खर्चिए।
यस्तै ललितपुरका लागि सन्नी पटेलले २ विकेट लिँदा ललित राजबंशी र गौतम तमोरले १-१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले सोनु तामाङको आक्रामक ३५ रनको मदतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो।
सोनुले २४ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै नट आउट रहेका थिए। यस्तै सन्दीप जोरालेले आक्रमक ब्याटिङ गर्दै ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रनमा नट आउट रहेका थिए।
त्यसअघि गौरव तोमरले २९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३० रन बनाउँदा जय किशन कोल्सावालाले २० रन जोडे। सन्नी पटेलले १३ बलमा १ छक्कसहित १९ रन जोड्दा कुशल भुर्तेल र कप्तान ज्ञोनेन्द्र मल्लले समान ३-३ रनमा आउट भएका थिए।
चितवनका लागि जर्ज स्कटले २ विकेट लिँदा पाउल स्टर्लिङ, कमलसिंह ऐरी र ललितसिंह भण्डारीले एक-एक विकेट लिएका थिए।
यो नतिजासँगै दोस्रो खेलबाट पहिलो जित निकालेको ललितपुर अंक तालिकाको पहिलो स्थानमा छ। यसअघि शनिबार उद्घाटन खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले पराजित भएको थियो।
प्रतियोगितामा म्यान अफ दि म्याच सन्दिप लामिछाने भए।
सबै तस्बिरहरूः निशा भण्डारी