एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको आइतबारको पहिलो खेलमा ललितपुर प्याट्रियोट्सले चितवन टाइगर्सलाई १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाइ १४३ रन बनाएको हो।
ललितपुरका लागि सोनु तामाङले नटआउट ३५ रनको योगदान दिए।
त्यस्तै, गौरव तोमारले ३०, सन्दीप जोराले नटआउट २५ र जयकिशन कोल्सवालाले २० र सन्नी पटेलले १९ रनको योगदान दिए।
यसअघि शनिबार भएको खेलमा ललितपुरलाई विराटनगरले ३ विकेटले पराजित गरेको थियो।