विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेटमा विजयी सुरूवात गरेको छ।
शनिबार कीर्तिपुरमा भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै पारस खड्काको विराटनगर विजयी भएको हो।
ललितपुरले दिएको १०५ रनको लक्ष्यलाई विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टाउन सफल भयो।
विराटनगरका करण केसीले सबभन्दा बढी ३६ रन जोड्न सफल भए। यस्तै आसिफ शेखले १९, अनिल कुमार साहले ११ रन भने कप्तान पारसले ८ रन जोडे।
प्लेयर अफ द म्याच विराटनगरका करण केसी चुनिए।
लिग अन्तर्गत आइतबारको पहिलो खेलमा ललितपुर र चितवन टाइगर्स भिड्ने छन् भने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।
यो पनि,
इपिएलमा विश्व किर्तिमानी खेलाडी, भारतबाट लेन्स, बेलायतका चियरलिडर्स