पाकिस्तानी अलराउन्डर क्रिकेटर मोहम्मद हफिजले टेष्ट क्रिकेटबाट सन्यास लिने भएका छन्।
अन्तर्राष्ट्रिय समाचार अनुसार न्युजिल्याण्ड विरूद्धको टेष्ट श्रृखंलापछि हफिजले सन्यास लिने भएका हुन्।
बंगलादेशविरूद्ध सन् २००३ मा टेष्टमा डेब्यू गरेका ३८ वर्षे हफिजले ५५ टेष्ट खेलिरहेका छन्। न्यूजिल्याण्ड विरुद्धको खेल नै अन्तिम हुने उनले बताएका छन्।
उनले अहिलेसम्म टेष्टमा ३ हजार ६ सय ४४ रन बनाएका छन्। जसमा उनको उच्च स्कोर २ सय २४ रन रहेको छ। ५६.०९ को स्ट्राइक रेटमा उनले १० सतक र १२ अर्धसतक प्रहार गरेका छन्।
अलराउन्डर हफिजले बलिङमा ५३ विकेट लिएका छन्। जसमा उनको एभरेज ३४.०५ को रहेको छ।
यस्तै उनले २०३ एक दिवसीयमा ६१५३ रन बनाएका छन्। १४० सर्वाधिक रन बनाएका उनले ११ सतक र ३४ अर्धसतक प्रहार गरेका छन्।
बलिङतर्फ हफिजले २०३ वानडेबाट १३७ विकेट लिएका छन्।