एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मान्यता दिएको छ।
आगामी मंसिर २२ देखि काठमाडौंमा हुने फ्रेन्चाइजी टी–२० क्रिकेट प्रतियोगिताले आईसीसीको मान्यता पाएको हो।
ईपीएलले आईसीसीलाई २० हजार अमेरिकी डलर अर्थात २७ लाख ५० हजार नेपाली रूपैयाँ शुल्क बुझाएपछि काठमाडौंमा हुने फ्रेन्चाइजी टी–२० क्रिकेट प्रतियोगिताले मान्यता पाएको हो ।
आईसीसीले मान्यता दिएसँगै प्रतियोगितामा विदेशी खेलाडीहरुलाई खेल्न बाटो खुलेको छ ।
नेपाली क्रिकेट र खेलाडीको विकासका लागि आयोजना भएको प्रतियोगितालाई आईसीसीले मान्यता दिएको आईसीसीका क्लीभ हिचककले बताएका छन्।
ईपीएलले जारी गरेको विज्ञप्ति अनुसार यो रकम नेपाली क्रिकेटको विकासमा खर्च हुने आईसीसीले स्पष्ट पारेको छ ।
कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहने छ।
राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ ।
यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखराको सहभागिता रहने छ ।