पोखरा पल्टन पोखरा प्रिमियर लिग(पीपीएल)को फाइनलमा पुगेको छ।
समूह चरणका सबै खेल सकिदा अंक तालिकामा सबै टोलीलाई पछि पार्दै पोखरा शीर्ष स्थानमा पुग्न सफल भएको हो।
प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा शनिबार चितवन राइनोज र विराटनगर टाइटन्सबीच भएको खेलमा विराटनगरलाई ४ विकेटले चितवनले पराजित गरेसँगै प्रतियोगितामा अघिल्लो चरण जाने तीन टोलीको टुंगो लागेको छ।
टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो।
विराटनगरले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको चितवनले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य हासिल गर्न सफल भएको हो।