पोखरा प्रिमियर लिग (पीपीएल) अन्तरगत काठमाडौं रोयल्स् र पोखरा पल्टनबीच भएको खेलमा पोखरा पल्टनले जित हासिल गरेको छ।
टस जितेर बलिङ रोजेको पल्टनले काठमाडौंलाई ४ विकेटले हराएको हो।
काठमाडौंले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको पोखराले १५.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य हासिल गर्न सफल भएको हो।
काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।
पोखराका मोहम्मद नाभिदले सबैभन्दा धेरै ३६ रन लिन सफल भए। उनी नै प्लेयर अफ द च्याच बन्न सफल भए।