वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै पाँच एक दिवसीय क्रिकेट श्रृंखला भारतले ३–१ ले जितेको छ।
रविन्द्र जडेजाको कसिलो बलिङको मद्दतले बिहिबार तिरूवन्तपुरम्मा भएको पाँचौ खेलमा भारतले वेस्टइण्डिजलाई १०४ रनमा अल आउट बनायो।
वेस्ट इन्डिजले दिएको १ सय ५ रनको सामान्य लक्ष्य भारतले १४.५ ओभरमा १ विकेट गुमाउँदै सहजै पुरा गरेको हो। भारतको सहज जितमा ओपनर रोहित शर्माले अर्धसतकीय पारी खेले। उनले ५६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनमा नट आउट रहे। ओपनर शिखर धवन ६ रनमा आउट हुँदा कप्तान विराट कोहलीले २९ बल खेल्दै ६ चौकासहित ३३ रनमा अविजित रहे।
यसअघि ग्रिनफिल्ड इन्टरनेशनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ३२ औं ओभरमा अलआउट हुँदै मात्र १ सय ४ रन जोड्न सक्यो। वेस्ट इन्डिजका लागि कप्तान जोसन होल्डरले २५ तथा मार्लन स्यामुएल्सले २४ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटम्यानले पर्दशन गर्न सकेनन् ।
वेस्ट इन्डिजका ३ ब्याटम्यानले खाता सम्म खोल्न नसक्दा ५ ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। वेस्ट इन्डिजलाई सस्तैमा समेट्न जडेजाबाहेक जसप्रति बुमराह र खलिल अमिदले समान दुई-दुई विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार र कुलदीप यादवले समान एक विकेट हात पारे।
यस अघि पहिलो खेल भारतले ८ विकेटले जित्दा दोस्रो खेल टाई भएको थियो। तेस्रो खेलमा वेस्ट इन्डिज ४३ रनले विजयी हुँदा चौथो खेलमा २ सय २४ रनले पराजित भएको थियो।
अव वेस्ट इन्डिज र भारतबीच ३ टी– २० क्रिकेट श्रृंखला हुने छ। पहिलो खेल आगमी नोभेम्बर ४ मा इडेन गार्डेन कोलकत्तामा हुनेछ।
के के कीर्तिमान बने?
रिकॉर्ड की बात
१०४ रन- वेस्टइण्डिजले भारतविरूद्ध एक दिवसीयमा बनाएको सबैभन्दा कम स्कोर
रोहित शर्माले एक दिवसीय क्रिकेटमा छक्काको दोहोरो सकत पुरा गरेका छन्। उनले २०२ छक्का प्रहार गर्दै दोहोरो सतक पुरा गरेका हुन्। एक दिवसीयमा भारतका महेन्द्र सिंह धोनीले सबैभन्दा बढी २१८ छक्का प्रहार गरेका छन्।
कोहलीको सर्वाधिक रनः यो सिरिजमा भारतीय कप्तान विराट कोहलीले सर्वाधिक ४५३ रन बनाए। पाँच खेलमा उनले क्रमशः १४०, १५७ नटआउट, १०७, १६ र ३३ रनको पारी खेले।
यस्तै ३८९ रन बनाएका रोहित शर्मा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी भए। पहिलो खेलमा ४ रन बनाएका उनी दोस्रो खेलमा ८ रनमा आउट भए। तेस्रो खेलमा अभिजित १६२ रन बनाएका उनले अन्तिम खेलमा ६३ रनमा नअजित रहे।
दुबै ब्याट्समेनले वर्ष २०१८ मा १ हजार रन पुरा गरेका छन्।
यस्तै कुलदिप यादव सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बने। उनले चार खेलबाट ९ विकेट लिए।