बंगलादेशमा भएको यु–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ।
शनिबार भएको खेलमा भारतले नेपाललाई १७१ रनले पराजित गरेको हो।
भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सफल भयो।
नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४, सन्दीप जोराले २०, रवीन्द्र शाहीले १६,रवी कुमार शाहले ११, कमल सिंहले ८,पवन सराफले ७ भीम र रशिदले ६/६ रन बनाउन सके।
भारतविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोजेको थियो।