भारत र अफगानिस्तानसँगको एक दिवसीय क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले १६२ रनको लक्ष्य पाएको छ।
लखनउको एकना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर भारतीय यू-१९ बी लाई नेपालले ब्याटिङको निम्तो दिएको थियो।
भारतीय टिम ४९ ओभर खेल्दै १६१ रन जोडेर अलआउट भयो।
भारतका लागि क्वामरान इक्वालले सर्वाधिक ५६ रन बनाए। नेपालका कमल ऐरीले ३ विकेट लिए।
यस्तो छ चार टोली सम्मिलित एकदिवसीय शृंखला खेल तालिका
- सेप्टेम्बर १२- भारत यू–१९ ‘ए’ विरुद्ध अफगानिस्तान यू–१९, लखनउ
- सेप्टेम्बर १२- भारत यु–१९ ‘बि’ विरुद्ध नेपाल यू–१९, लखनउ
- सेप्टेम्बर १४-भारत यू–१९ ‘ए’ विरुद्ध नेपाल यू–१९, लखनउ
- सेप्टेम्बर १४- भारत यू–१९ ‘बी’ विरुद्ध अफगानिस्तान यू–१९, लखनउ
- सेप्टेम्बर १६- भारत यू–१९ ‘ए’ विरुद्ध एनसीए यू–१९, लखनउ
- सेप्टेम्बर १६- अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, लखनउ
- सेप्टेम्बर १८-टिम १ विरुद्ध टिम २- लखनउ
- सेप्टेम्बर १८- टिम ३ विरुद्ध टिम- लखनउ